सर्लाही, २० फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर–२ हरिपूर्वा गाउँबाट सशस्त्र प्रहरीको स्ट्राइकिङ फौजले नगदसहित पूर्ववडाअध्यक्षलाई पक्राउ गरेको छ ।
मौन अवधिमा नगद बोकेर हिँडेपछि सशस्त्र प्रहरीको टोलीले ६५ वर्षीय पुरुषोत्तम यादवलाई पक्राउ गरेको छ । यादवको साथबाट सशस्त्रले २५ हजार नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।
आरोपी यादवले यसअघि नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । अहिले उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध छन् ।





