बेरुतस्थित अमेरिकी दूतावास ‘अर्को सूचना नआएसम्मका लागि बन्द’

एजेन्सी, २० फागुन । लेबनानको राजधानी बेरुतस्थित अमेरिकाको दूतावास अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ ।

दूतावासले भनेको छ, “अन्य सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरिएका छन् ।” दूतावास पुनः खुलेपछि अपडेट दिइने पनि जानकारी गराइएको छ ।

हालैका दिनमा बेरुत र दक्षिणी लेबनानका केही भागमा इजरायली आक्रमणहरू भएका छन् । इजरायलले लेबनानमा आधारित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबाट भएका आक्रमणको जवाफमा यो कारबाही गरिएको बताएको छ ।

यो घोषणा ड्रोन आक्रमण भएपछि अमेरिकाले कुवेतस्थित आफ्नो दूतावास र साउदी अरबको रियादस्थित कूटनीतिक नियोग अर्को सूचना नआएसम्मका लागि बन्द गरेलगत्तै आएको हो ।
 
अमेरिकाले हिजो जोर्डनस्थित दूतावास नजिकै विष्फोटको आवाज सुनिएपछि त्यहाँबाट पनि कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारेको थियो ।

ओमानको मस्कटस्थित अमेरिकी दूतावासले ‘सेल्टर इन प्लेस’ आदेश जारी गरेको थियो, तर अहिले त्यसलाई आंशिक रूपमा हटाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी