बेलायतले इरानविरुद्ध आक्रमणका लागि अमेरिकालाई आफ्ना सैन्य बेस प्रयोग गर्न दिने

एजेन्सी, १८ फागुन । बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले इरानी क्षेप्यास्त्र अखडाहरूमा आक्रमण गर्न अमेरिकाले आफ्ना सैन्य आधार इलाकाहरू प्रयोग गर्ने अनुरोधलाई बेलायतले स्वीकार गरेको बताएका छन् ।

तर, प्रधानमन्त्रीले बेलायतले इराकका गल्तीहरूबाट पाठ सिकेको उल्लेख गर्दै, इरानमाथि गरिएका प्रारम्भिक आक्रमणहरूमा बेलायत संलग्न नभएको र अहिले कुनै पनि आक्रामक कारबाहीमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले स्टारमरले अमेरिकी अनुरोध स्वीकार गर्ने निर्णयको आधार सहयोगी राष्ट्रहरूको सामूहिक आत्मरक्षा र बेलायती नागरिकको जीवन रक्षा रहेको बताए । उनले इरानले गलत रणनीति अपनाएको आरोप समेत लगाए ।

बीबीसीका अनुसार, अमेरिकाले इरानी क्षेप्यास्त्र अखडाहरूमा आक्रमण गर्न ग्लुस्टरसायरस्थित आरएएफ फेयरफोर्ड र हिन्द महासागरस्थित डिएगो गार्सिया प्रयोग गर्ने सम्भावना छ । आइतबारको आफ्नो भिडियो सन्देशमा प्रधानमन्त्रीले स्टारमरले अमेरिकाले बेलायती सैन्य आधारहरूलाई इरानका क्षेप्यास्त्रहरूलाई स्रोतस्थलमै नष्ट गर्ने विशिष्ट र सीमित प्रतिरक्षात्मक उद्देश्यका लागि मात्र प्रयोग गर्ने बताएका छन् ।

उनले यो कदम अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको भन्दै बेलायत सरकारले यसबारे आफ्नो कानुनी सल्लाहको सारांश समेत प्रकाशित गरेको जानकारी दिए । गत महिना मात्रै बेलायत सरकारले इरानमाथि हुनसक्ने कुनै पनि सम्भावित अमेरिकी आक्रमणमा सहयोग पुर्‍याउन आफ्ना सैन्य आधारहरू प्रयोग गर्न अमेरिकालाई अनुमति नदिएको भन्ने रिपोर्ट सार्वजनिक भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले सम्झौता नगर्ने निर्णय गरेमा अमेरिकाका लागि आरएएफ फेयरफोर्ड र डिएगो गार्सिया प्रयोग गर्न आवश्यक पर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी