‘जेरी अन टप’ भारतभर प्रदर्शन हुने

काठमाडौँ, १४ फागुन । नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शन हुने भएको छ ।

अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल उक्त फिल्म नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फेब्रुअरी २७ ( शुक्रबार)देखि भारतका विभिन्न सहरहरूमा प्रदर्शन हुन लागेको हो ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँमा वक्सअफिस रिलिज हुन लागेको हो ।

रिलिजको पूर्वसन्ध्यामा आज (फेब्रुअरी २६) मा फिल्म गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ । नेपालमा १७ करोड माथिको कलेक्सन गरेको फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्