डेढ कराेड रुपैयाँ सहयाेग जम्मा भयो, अब रोक्नुस् : साम्बा

काठमाडौँ, १२ फागुन । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् ।

अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल गरेकी छन् । साम्बाले आफूलाई खुट्टामा लागेको चोटको उपचारारार्थ सहयोग अपिल गरेकी थिइन् । पछिल्लो २४ घन्टामा नै उनलाई करिब डेढ करोड सहयोग जुटेको हो । उनले सबैलाई धन्यवाद दिएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु,’ ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।’ ‘यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ ।

आफूआवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको सम्बाले जानकारी दिएकी छन् । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्ने विश्वास उनको छ ।

‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो, तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ,’ उनले भनेकी छन्, ‘म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको