दाङ एमालेको नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ: महासचिव पाेखरेल

दाङ, १२ फागुन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा हितको विषय भएको उल्लेख गरेका छन् ।

उनका अनुसार लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ् अध्ययन संस्थान घोराही क्याम्पस को निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको छ । ३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिएका छन् ।

दाङ क्षेत्र नं २ का उम्मेदवार समेत रहेका पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यस परियोजनाले दाङलाई ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्नेछ ।

“जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,” उनले सामाजिक सञ्जाल पोस्टमार्फत बताएका छन् । पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको उल्लेख गर्दै सम्पूर्ण दाङबासीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजको कार्यक्रममा दिएको अभिव्यक्ति