ट्रम्पको घरमा हतियारसहित छिर्ने व्यक्तिको गोली हानी हत्या

एजेन्सी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन् ।

उक्त व्यक्तिलाई उत्तरी गेटनजिकै देखिएको अधिकारीहरूले बताएका छन् । उनले बन्दुक र इन्धनको क्यानजस्तो देखिने सामग्री बोकेका थिए । मारिएका युवक २० वर्षका छन् । मृतकको पहिचान अझै खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्पको सार्वजनिक तालिका अनुसार, उनी यस सप्ताहन्तमा ह्वाइट हाउसमै बस्नेछन् । अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई बताएअनुसार उनले राष्ट्रपति ट्रम्पसँग कुरा गरेका छन् । ट्रम्प र उनको परिवार सुरक्षित छ । तर, उनले यस्ता आक्रमणहरू दोहोरिन नहुने बताएका छन् । 

“राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा बलियो  । २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासको समयमा भन्दा अहिले गोप्य सेवा राम्रोसँग सुसज्जित छ,” उनले भने ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत