ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः सोम मिश्र

भक्तपुर, १० फागुन । नेकपा (एमाले)को तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् ।

निर्वाचनको घरदैलो कार्यक्रम अन्तरगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला संस्कस्कृतीलाई संरक्षण गर्न हामी तत्पर छौं ।”

विगतदेखिको बर्चश्वलाई तोडेन सबै भक्तपुरबासीलाई साथ दिन समेत मिश्रले आग्रह गरेका छन् । उक्त कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सचिव विष्णु तामाङ, एमाले भक्तपुर नगरकमिटिका अध्यक्ष मदल देउलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित