२०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

काठमाडौँ, ७ फागुन । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ ।

भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा उक्त विश्वकप खेल्नेछन् । यस्तै जारी विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बाब्बे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् ।

सुपर-८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछन् । त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये हाल टी–२०आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन् ।

अफगानिस्तान र आयरल्याण्ड जारी विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए । भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन ।

८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् । अफ्रिका, युरोप, अमेरिका र एसिया–इष्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटमार्फत छनोट भइ ८ देशले विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको