इरानले सम्झौता गर्नु बुद्धिमानी हुने ट्रम्पको चेतावनी

एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानलाई सम्झौता गर्न चेतावनी दिएको छ ।

इरानसँग परमाणु वार्ता जारी रहेको समयमा अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको छ । यस्तोमा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले इरान ‘सम्झौता गर्न बुद्धिमानी हुने’ भनेकी छिन् ।  

यो अभिव्यक्ति अमेरिका र इरानबिच यस महिनाको दोस्रो अप्रत्यक्ष वार्तापछि आएको हो। इरानी अधिकारीहरूले वार्तामा ‘मार्गनिर्देशक सिद्धान्त’मा सहमति भएको दाबी गरे पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले तेहरानले अझै वाशिङ्टनले रातो रेखा लगाएका सबै कुरामा स्पष्ट जवाफ नदिएको बताएका छन् ।

बुधबारको पत्रकार सम्मेलनमा लेभिटले इरानले अमेरिकी मागहरू स्वीकार गर्नुपर्ने धारणा दोहोर्‍याइन्। यसैबिच ट्रम्पले ट्रुथ सोसलमा सम्भावित सैन्य कारबाहीको संकेत गरेका छन्। उनले बेलायतस्थित राफ फेयरफोर्ड र हिन्द महासागरको डियगो ग्रेसियामा रहेको  बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् । उनका अनुसार यदि इरानले सम्झौता नगरे अस्थिर र खतरनाक शासनबाट हुने सम्भावित आक्रमण रोक्न ती आधारहरू प्रयोग गर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी