हिमपहिरोमा परेर क्यालिफोनिर्यामा ८ स्किरयरको निधन

एजेन्सी, ७ फागुन । क्यालिफोर्नियाको लेक टाहो क्षेत्रअन्तर्गत क्यासल पिक आसपास आएको भीषण हिमपहिरोमा परी आठ स्कियरको मृत्यु भएको पुष्टि भएको छ ।

मंगलबार बिहान करिब ११ः३० बजे ‘फुटबल मैदान’ जत्रो आकारको हिमपहिरो खसेपछि १५ जना बेपत्ता भएका थिए । खोज तथा उद्धार टोलीले बुधबारसम्म लेक टाहो क्षेत्रको दुर्गम भूभागमा आठ जनाको शव फेला पारेको नेभाडा काउन्टी शेरिफ श्यानन मुनले जानकारी दिएकी छिन् । अझै एक जना बेपत्ता रहेको र उनलाई मृत मानिएको बताइएको छ ।

हिमपहिरोपछि क्षेत्रमा अरू ३ फिटसम्म हिउँ परेकाले उद्धार कार्य अत्यन्त कठिन बनेको अधिकारीहरूले बताएका छन् । मौसमको अवस्था डरलाग्दो रहेको र जोखिम अझै उच्च रहेको बताइएको छ । यस घटनामा १५ मध्ये ६ जनालाई जीवित उद्धार गरिएको छ । 

घाइते दुई जनालाई हिँड्न नसक्ने अवस्थामा अस्पताल लगिएको छ । यिनीहरूको अवस्था खतरामुक्त रहेको छ । मृतकमध्ये एक जना उद्धार टोलीकै सदस्यका जीवनसाथी भएको बताइएको छ । सो टोलीमा ११ जना स्कियर र ४ जना गाइड थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत