बेलायतमा ५.२ प्रतिशत बेरोजगारी

एजेन्सी, ६ फागुन । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ । यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारीविहीन रहेका छन् ।

उक्त तथ्याङ्क ‘अफिस फर नेसनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो । यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घरोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन् ।

विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन् । श्रम बजारमा देखिएको सुस्तताप्रति बैङ्क अफ इङ्ग्ल्याण्डले पनि चिन्ता व्यक्त गरेको छ । केन्द्रीय बैङ्कले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने सङ्केत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ । यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ