टी–२० विश्वकप : नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाडौँ, ५ फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ ।

खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ । नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन ।

कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।

आजै बिहान सवा ११ बजे भारतको चन्नईमा क्यानडा र न्युजिल्यान्ड तथा दिउँसो सवा ३ बजे श्रीलङ्काको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । यसअघि हिजो भएका खेलमा आयाजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराउँदै समूह ‘बी’बाट सुपर एटमा पुग्यो । हिजो नै भएको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले र अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको