काठमाडौँ, ४ माघ । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले आदेश दिएको छ ।
आज अदालतले उनलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढकरोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।
हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता यादवले सन् २०१० मा दिल्लीका एक व्यवसायीसँग ५ करोड भारु ऋण लिएको बताइन्छ । उनले सो रकम आफ्नो निर्देशनमा बनेको पहिलो फिल्म ‘अता पता लापता’ मा लगानी गरेका थिए ।





