पुटिन ‘युद्धको दास’ हुन् : जेलेन्स्की

एजेन्सी, ३ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन् ।

जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले पुटिन शक्ति बिना बाँच्नै नसक्ने अनि उनको पूर्ण ध्यान अहिले युक्रेनमाथि भएको पनि बताए ।

जेलेन्स्कीले भने, ‘पुटिन सामान्य व्यक्ति जस्तै बाँच्दैनन् । उनी साधारण सडकमा हिँड्दैनन्, तपाईँले उनलाई क्याफेमा देख्नुहुने छैन…। उनी शक्ति बिना बाँच्ने कल्पना गर्न सक्दैनन् । उनलाई साधारण कुराहरूमा रुचि छैन ।’ 

पुटिनले युद्धको विचार त्याग्न नसक्ने पनि उनले भनेका थिए । ‘उनले आफूलाई जार (सम्राट्) मान्न सक्छन्, तर वास्तवमा उनी युद्धको दास हुन् ।’ जेलेन्स्कीले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण