बङ्गलादेशमा नयाँ सरकार गठन अर्को हप्ता

एजेन्सी, २ फागुन । बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ जनादेशसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

डेढ वर्षअघि नागरिक विद्रोहले शेख हसिना नेतृत्वको सरकार ढालेपछि भएको यो पहिलो संसदीय चुनाव हो । बीएनपीको निर्णायक विजयसँगै अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । त्यहाँ अर्को हप्ता नयाँ सरकार गठनको तयारी छ । प्रधानमन्त्रीका रुपमा ६० वर्षीय रहमानले देशको नेतृत्व सम्हाल्ने छन् ।

राजनीतिमा शुरूदेखि नै प्रभावशाली रहँदै आएको जिया–रहमान परिवारका उनी सदस्य हुन् । उनका बुवा र आमा दुवै बङ्गलादेशको राजनीतिमा सक्रिय थिए । बुवा जियाउर रहमान राष्ट्रपति थिए भने उनको हत्यापछि राजनीतिमा आएकी आमा बेगम खालेदा जिया पछि देशकै प्रथम महिला प्रधानमन्त्री बने ।

बङ्गलादेशको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावको पछिल्लो नतिजा अनुसार बीएनपीले घोषणा गरिएको २ सय ९७ मध्ये २ सय ९ सिट जितेको छ । त्यस्तै हसिना सरकारले प्रतिबन्ध लगाएको जमात–ए–इस्लामीले ६८ सिट जितेको छ । आन्दोलनबाट उदाएको राजनीतिक दल राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ६ सिटसहित तेस्रो स्थानमा छ ।

अन्य दलहरूले सात सिट र बाँकी रहेका सात सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । ढाका ट्रिब्युनका अनुसार कूल ३ सय सिटमध्ये चटगाँउ–२ र चटगाँउ–४ को नतिजा कानुनी जटिलताका कारण रोकिएको छ । शेरपुर–३ मा एक उम्मेदवारको निधन भएका कारण त्यहाँ मतदान स्थगित भएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण