जापानद्वारा चिनियाँ जहाज जफत

एजेन्सी, १ फागुन । जापानले चिनियाँ जहाज जफत गरेको छ ।

नागासाकी प्रिफेक्चर नजिकको आफ्नो विशेष आर्थिक क्षेत्र (सेज) भित्रबाट भाग्न खोजेको एक चिनियाँ माछा मार्ने जहाज नियन्त्रणमा लिएको जापानी अधिकारीहरूले बताएका छन् ।

जापानले निरीक्षणका लागि रोक्न दिइएको आदेश नमान्दै भागेका कारण सो जहाजलाई नियन्त्रणमा लिइएको जनाएको छ । जापानको मत्स्य एजेन्सीका अनुसार जहाजका ४७ वर्षीय चिनियाँ क्याप्टेनलाई पक्राउ गरिएको छ । सो जहाजमा ११ जना सवार थिए । कब्जा भएको जहाज ठुलो क्षमताको टाइगर नेट माछा मार्ने डुङ्गा भएको जनाइएको छ ।

सन् २०२२ पछि जापानले चिनियाँ माछा मार्ने जहाज नियन्त्रणमा लिएको यो पहिलो पटक हो । जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मिनोरु किहाराले विदेशी जहाजद्वारा हुने अवैध माछा मार्ने गतिविधि रोक्न कडा कदम जारी रहने बताएका छन् ।

यस घटनाले टोकियो र बेइजिङबिच पहिले नै चर्किएको कूटनीतिक तनाव थप बढाउने अनुमान गरिएको छ । जापानी प्रधानमन्त्री सनाए ताकाइचीले गत नोभेम्बरमा चीनले ताइवानमाथि बल प्रयोग गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने सङ्केत दिएपछि चीनले कडा आपत्ति जनाएको थियो । 

त्यसपछि दुई देशबिच सम्बन्ध चिसिँदै गएको छ, जसका कारण जापानमा आउने चिनियाँ पर्यटकहरूको सङ्ख्या घट्नुका साथै सांस्कृतिक आदान प्रदानमा समेत असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।