शेख हसिनाद्वारा निर्वाचन परिणाम अस्वीकार

एजेन्सी, १ फागुन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन् ।

भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’ लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ‘मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।’

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । तर, हसिनाले भने मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन् । १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो ।

निर्वाचनमा जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट प्राप्त गरेको छ। जमातका प्रमुख शफिकुर रहमानले ढाका-१५ बाट जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण