नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौँ, २९ माघ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीलाई १२४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो। नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् ।

नेपालको स्कोर ८ रनमात्र हुँदा ओपनर कुशल भुर्तेल पहिलो विकेटको रुपमा आउट भए । कुशल भुर्तेल १० बलमा मात्र ५ रन बनाएर आउट भए । सुरुवाती ७ बल डट खेलेका भुर्तेलले जम्मा १ चौका प्रहार गरे । उनलाई इटलीका अली हसनले जस्टिम मोस्काबाट क्याचआउट गराए ।

त्यसपछि आएका कप्तान रोहितले आज केही छिटो ब्याटिङ गरेका थिए । उनले १४ बल खेल्दै २ छक्का प्रहार गरी २३ रन बनाए । रोहित सातौं ओभरको अन्तिम बलमा क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टबाट क्याचआउट भए । अर्का ओपनर आसिफले २० बलमा २० रन जोड्दा २ चौका प्रहार गरे । उनलाई आठौं ओभरको दोस्रो बलमा स्टम्पिङको शिकार भए । इटलीका विकेटकिपर जियन पिएरो मिडले निकै चलाखीपूर्ण तरिकाले आसिफलाई स्टम्प गराएका थिए ।

पहिलो विकेट गुगेपछि कप्तान रोहित र आसिफले इनिङ्स बिल्ड गर्दै सेट भएका थिए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलको ४१ रनको साझेदारी गरेका थिए । नेपालको स्कोर ४९ हुँदा दुवै खेलाडी आउट भए । त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्दै अघि बढाए । उपकप्तान दीपेन्द्रल १८ बलमा १७ रन बनाएर आउट भए । उनले कुनै पनि बाउण्ड्री प्रहार गर्न सकेनन् । चौथो विकेटका लागि ४४ रनको साझेदारीपछि दीपेन्द्र सिंह ऐरी १४ओ ओभरको पाँचौ बलमा आउट भए । उनलाई क्रिसन कालुगामागेले बोल्ड गरे ।

पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा र चर्चा कमाएका लोकेश बम आज ५ बल खेल्दै ३ रन बनाएर आउट भए । एक छेउ सम्हालिरहेका आरिफ शेख नेपालको स्कोर १०० पुगेपछि छैटौ विकेटका रुपमा आउट भए । २४ बलमा ३ चौका प्रहार गरी २७ रन बनाएका आरिफलाई जेजे स्मट्सले क्याम्पापियानोबाट क्याचआउट गराए ।

त्यसपछि १७औं ओभरमा नेपालले २ विकेट गुमायो । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए । उनलाई क्रिसन कालुगमागेले आउट गरे । सोही ओभरमा नन्दन यादव खाता नखोली रनआउट भए । त्यसपछि भने नेपाली बलरद्वय करण केसी र सन्दीप लामिछाने मिलेर इनिङ्स सम्हालेका थिए । नवौँ विकेटका लागि करण र सन्दीपले २१ रनको साझेदारी गरे । सन्दीप अन्तिम ओभरबो पहिलो बलमा ५ रन बनाएर आउट भए ।

नेपालको इनिङ्सलाई दबाबमा राख्न इटलीका स्पीनर हावी भए । इटलीका स्पीनर मिलेर ६ विकेट लिएका थिए । इटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै अफ ब्रेक बलिङ गर्ने बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।

गत महिना अष्ट्रेलियामा भएको बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका उनी त्यसलगत्तै इटली टिममा समावेश भएका थिए । टी२० विश्वकपअघि उनले जम्मा ३ विकेट लिएका थिए । आज जेपाल विरुद्धको प्रदर्शन उनको उत्कृष्ट बलिङ प्रदर्शन हो । अर्का स्पीनर जेजे स्मट्सले १ विकेट लिए ।

यस बाहेक पेस बलर अली हसन र जसप्रित अलीले १-१ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए । नियमित कप्तान वायन म्याडसने स्कटल्याण्ड विरुद्ध पहिलो खेलमा घाइते भएपछि आज ह्यारी मानेन्टीले इटलीको कप्तानी गरेका थिए ।

समूह सी को पहिलो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता इंग्लयाण्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नका बावजुत पनि ४ रनले पराजित भएको थियो । इटली पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । दुवै टोली पहिलो खेलमा पराजित भएकोले आज पहिलो जितको खोजीमा छन् । नेपालले सन् २०१४ मा बंगालदेशमा टी-२० विश्वकपमा डेब्यु गर्दा दुई खेल जितेको थियो । त्यसयता विश्वकपमा कुनै खेल जितेको छैन र १२ वर्षपछि पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

उता यसै संस्करणबाट टी-२० विश्वकपमा डेब्यु गरेको युरोपियन राष्ट्र इटली पनि पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको