आजदेखि ‘कुमारी’ अस्ट्रेलिया र मध्यपूर्वमा

काठमाडौँ, २९ माघ । नेपालमा गत हप्ता रिलिज भएको फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन आजदेखि सुरु हुँदैछ ।

नेपालमा समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रियासहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् ।

यो फिल्मलाई अस्ट्रेलियामा थ्री-केजी इभेन्ट्स र असकास्ट नेपालले रिलिज गर्न लागेका हुन् । त्यहाँका विभिन्न राज्यका हलले प्रदर्शन तालिका पनि सार्वजनिक गरिसकेका छन् ।

न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा फिल्म लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्