सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

एजेन्सी, २८ माघ । सोमालियाको एक एयरलाइन्सले आफ्नो यात्रुवाहक विमानलाई राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको समुन्द्री किनारमा अवतरण गराएको छ । यसरी विमानलाई अवतरण गराएपछि विमान चालहहरूको प्रशंसा गरिएको छ ।

विमानमा रहेका सबै ५५ जना सकुशल रहेका बीबीसीले जनाएको छ । विमान कम्पनी स्टारस्की एभिएसनले ५० यात्रु र पाँच चालक दलका सदस्यलाई बचाउन तत्कालै गरिएको सुझपूर्ण सोंच निक्कै महत्त्वपूर्ण रहेको बताएको छ ।

सोमालियाको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले हिजो मोगादिशुबाट उडान भरेको केही समयपछि विमानका चालक दलले समस्याको रिपोर्ट गरेका र विमान फिर्ता गर्न अनुरोध गरेको जनाएको छ ।

त्यसपछि विमान अवतरण भयो तर धावनमार्गमा रोक्न असफल भएपछि समुन्द्री किनारमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण