म कलाकारिता क्षेत्रमै रमाउँछु : निखिल उप्रेती

काठमाडौँ, २७ माघ । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिए।

उनले भने, “पछिल्लो समय विधागत रुपमा अब्बल देखिएका मानिसलाई राजनीतिज्ञ हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने पनि गरिन्छ, त्यो नै गलत हो । हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ । मलाई दर्शकले कलाकारका रुपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमै रमाउँछु ।” “हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न ज्ररुरी छ । जनताले राम्रोसँग राजनीति नबुझ्ने हो भने नीतिनिर्माण तहमा असल व्यक्तिको प्रतिनिधित्व हुन सक्दैन । निर्वाचनको मिति नजिकिँदैछ, मुलुकको समग्र विकासका सन्दर्भमा उम्मेदवारसँग प्रश्न गरी उपयुक्त व्यक्ति चयन गर्ने दायित्व सचेत मतदाताको हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज

काठमाडौँ, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछाप प्रहरीका अनुसार मृतकको