नेकपाकाे निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ, २७ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो । प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख आधार स्तम्भ मानिएको छ ।

पार्टीले शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ ।

आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या समाधान गर्ने र स्वास्थ्य तथा शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष प्राथमिकता दिएको छ ।

यस्तै, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको व्यवस्था मिलाउने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । परराष्ट्र नीतिका सन्दर्भमा असंलग्न कूटनीतिलाई पछ्याउँदै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्ने कुरामा पार्टीले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज

काठमाडौँ, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछाप प्रहरीका अनुसार मृतकको