जोश र होस भएकालाई मिलेर जान मदनकृष्णको आग्रह

काठमाडौँ, २७ माघ । कलाकार मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभाको चुनावपछि होस भएका र जोश भएकालाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । 

बालबालिकाको डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन २ को अतिथि बनेर पुगेका उनले भने, ‘जेनजी आन्दोलनले नेपाललाई नयाँ मोडमा ल्याइदिएको छ । समय बलवान् छ । मानिसले सँधै एउटै नेतालाई हेर्न चाहँदैन । चुनावबाट आउने जोश हुनेहरूसँग होस नहुन सक्छ, होस हुनेसँग जोश नहुन सक्छ । होस भएका र जोश भएकाहरू मिलेर अगाडि बढेमा राम्रो हुन्छ भन्ने लाग्छ ।’

जज तथा अभिनेत्री अभिनेत्री मिथिला शर्माले मदनकृष्णको कुरामा टिप्पणी गर्दै त्यो मानवीय स्वभाव भएको बताइन् । ‘यो मानवीय स्वभाव हो मदन दाइ । हामीलाई मिर्मिरे बिहानी पनि चाहिन्छ, गोधुली साँझ पनि चाहिन्छ’ उनले भनिन् ।

भक्तपुरकी जलाधी खड्काले प्रहरीको भूमिकामा प्रस्तुत गरेको नृत्यमा मदनकृष्णसहित जजहरू मिथिला र नीता ढुंगाना, छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजाले उभिएर सम्मान व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको

काठमाडौँ, २७ माघ । अर्थमन्त्री रामेश्वर खनालले चाहेर पनि यसबीचमा पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन नपाएको बताएका छन् । आज