सुरक्षामा कत्ति पनि चुक हुन नदिन सतर्क हुन सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् । 

आज जंगी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आगामी चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा काम गर्न पनि निर्देशन दिइन् । 

उनले भनिन्, “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु,” “विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुस् ।” 

प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्य सम्पादन हुनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताइन् । 



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज

काठमाडौँ, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछाप प्रहरीका अनुसार मृतकको