इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ

एजेन्सी, २६ माघ । जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई पक्राउ गरेका छन् ।

पक्राउ परेकामध्ये तीन जना प्रख्यात सुधारवादी राजनीतिज्ञ रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा इरानको रिफर्म फ्रन्टकी प्रमुख अजार मन्सुरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद एब्राहिम अस्घरजादेह छन् । चौथो व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।

इजरायल र अमेरिकाबाट सैन्य धम्की आइरहेका बेला देशमा उनीहरूले अस्थिरता सिर्जना गर्ने गतिविधि सञ्चालन गरेको आरोप न्यायपालिकाले लगाएको छ । सरकारी समाचार एजेन्सी मिजानका अनुसार उनीहरूले सडक आन्दोलनलाई वैध ठहर्‍याउने प्रयास गरेको दाबी गरिएको छ । रिफर्म फ्रन्टले सामाजिक सञ्जाल एक्समार्फत मन्सुरीलाई रिभोलुसनरी गार्ड (आईआरजीसी)को गुप्तचर बलले घरको ढोकाबाटै न्यायिक आदेशसहित पक्राउ गरेको पुष्टि गरेको छ । अन्य वरिष्ठ नेताहरूलाई पनि बोलावट पठाइएको बताइएको छ ।

पक्राउ जनवरीको हिंसात्मक आन्दोलनपछिको कडा कारबाहीको पछिल्लो श्रृंखला हो । ती प्रदर्शनहरू आर्थिक संकटबाट सुरु भए पनि देशव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएका थिए । सरकारले आन्दोलनकारीलाई आतंकवादी भन्दै इजरायल र अमेरिकालाई आन्दोलन भड्काएको आरोप लगाएको थियो । विरोध प्रदर्शनमा ३ हजार ११७ जनाको मृत्यु भएको इरानी सरकारले स्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि

काठमाडौँ, २७ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज

काठमाडौँ, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछाप प्रहरीका अनुसार मृतकको