‘बोर्डर २’ को कमाइ ४४० करोड नाघ्यो

काठमाडौँ, २६ माघ । बलिउड अभिनेता सनी देओलको मल्टीस्टारर चलचित्र ‘बोर्डर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।

प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको छ । 

शुक्रबार २.८५ करोडको व्यापार गरेको चलचित्रले शनिबार ४.२५ करोड भारतीय रुपैयाँ सङ्कलन गर्दै उत्साहजनक पुनरागमन गरेको छ । शनिबारको कमाइपछि ‘बोर्डर २’ ले भारतीय बक्स अफिसमा मात्रै ३८५.५८ करोडको आँकडा पार गरेको छ । विश्वव्यापी बजारमा भने १६ दिनको अवधिमा यसले ४४० करोड रुपैयाँ कमाएर सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रको ट्याग भिरेको छ । 

यद्यपि, आगामी फेब्रुअरी १३ मा शाहिद कपुर र तृप्ति डिमरीको ‘ओ रोमियो’ रिलिज हुन लागेकाले ‘बोर्डर २’ को कमाइको रफ्तारमा केही ब्रेक लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्