काठमाडौँ, २६ माघ । बलिउड अभिनेता सनी देओलको मल्टीस्टारर चलचित्र ‘बोर्डर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।
प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको छ ।
शुक्रबार २.८५ करोडको व्यापार गरेको चलचित्रले शनिबार ४.२५ करोड भारतीय रुपैयाँ सङ्कलन गर्दै उत्साहजनक पुनरागमन गरेको छ । शनिबारको कमाइपछि ‘बोर्डर २’ ले भारतीय बक्स अफिसमा मात्रै ३८५.५८ करोडको आँकडा पार गरेको छ । विश्वव्यापी बजारमा भने १६ दिनको अवधिमा यसले ४४० करोड रुपैयाँ कमाएर सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रको ट्याग भिरेको छ ।
यद्यपि, आगामी फेब्रुअरी १३ मा शाहिद कपुर र तृप्ति डिमरीको ‘ओ रोमियो’ रिलिज हुन लागेकाले ‘बोर्डर २’ को कमाइको रफ्तारमा केही ब्रेक लाग्न सक्ने अनुमान गरिएको छ ।






