जापानमा ताकाइचीको गठबन्धनलाई दुई-तिहाइ बहुमत

एजेन्सी, २६ माघ । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले मध्यावधि निर्वाचन मा ऐतिहासिक सफलता हासिल गरेकी छिन् । 

आइतबार सम्पन्न निर्वाचनबाट ताकाइचीको सत्तारुढ गठबन्धनले तल्लो सदनमा दुई-तिहाइ बहुमत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

४६५ सदस्यीय तल्लो सदनमा ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जितेको छ भने जापान इनोभेसन पार्टीसँगको गठबन्धनले कुल ३५२ सिट सुरक्षित गरेको छ।

 यो जितसँगै उनले अब संसद्‌मा प्रतिपक्षसँग खासै सम्झौता नगरी आफ्ना आर्थिक र रक्षा नीतिहरू लागू गर्न सक्नेछिन्। ताकाइचीको जितको खबरले जापानी सेयर बजारमा उत्साह ल्याएको छ। सोमबार बजार खुल्नासाथ निक्की सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जापानी मुद्रा येनमा सामान्य गिरावट देखिएको छ।

कट्टर रूढिवादी पृष्ठभूमिकी ताकाइचीले सरकारी खर्च बढाउने, करमा सहुलियत दिने र राष्ट्रिय सुरक्षाका लागि रक्षा बजेटमा वृद्धि गर्ने बाचा गरेकी छिन्। यसका साथै उनले आप्रवासी नियमहरूमा कडाइ गर्ने र विदेशीहरूले जापानी जमिन खरिद गर्ने विषयमा पुनरावलोकन गर्ने योजना बनाएकी छिन्। यद्यपि, विश्लेषकहरूले उनको खर्चालु नीतिका कारण जापानको सुस्त अर्थतन्त्रमा थप अस्थिरता आउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण