स्पेनमा रहेका नेपालीलाई राहदानी संकट

काठमाडौँ, २६ माघ । स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ नेपाली उत्साहित भएका छन् ।

तर सो अवसरका लागि आवश्यक कागजातका रूपमा नयाँ राहदानी अनिवार्य गरिएपछि नेपाली आप्रवासी गम्भीर समस्यामा परेका छन् ।

स्पेनमा बसोबास गर्दै आएका रजिन्द्र बस्नेतले जारी गरेको सार्वजनिक विज्ञप्तिमा नेपाल सरकारसँग यथाशीघ्र पहलको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी जुन देशमार्फत स्पेन आएका हौँ, त्यही देशको प्रहरी रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था छ । तर उक्त रिपोर्ट झिकाउन असमर्थ भएकाले हामीलाई नयाँ राहदानी अत्यावश्यक भएको छ ।’

बस्नेतका अनुसार भारत, पाकिस्तान र बङ्गलादेशले आफ्ना नागरिकका लागि स्पेनका विभिन्न सहरहरूमा घुम्ती शिविर सञ्चालन गरी नयाँ राहदानी उपलब्ध गराइसकेका छन् । तर नेपाली नागरिक भने त्यस्तो सुविधा नपाउँदा अन्योलमा परेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बरु हाम्रो कागज बनेर रोजगारी पाएपछि पहिलो महिनाको तलब नेपाल सरकारलाई दान दिनेछौँ, अर्को महिना ऋण गरेर वा गुरुद्वारामा प्रसादी खाएर बाँच्न तयार छौँ, तर हामीलाई नयाँ राहदानी देऊ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।