अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने एलन मस्कको योजना सार्वजनिक

काठमाडौँ, २५ माघ । अमेरिकी प्रविधि व्यवसायी एवम् विश्वका धनी व्यक्ति एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

झन्डै एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गर्ने र त्यसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा विजुली सङ्कट रोक्न मद्दत गर्ने उहाँको दाबी छ ।

यसको लागि मस्कले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाउनुभएको समाचारसंस्था एपीले जनाएको छ । मस्कका अनुसार, आउँदो ३० देखि ३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ । तर विज्ञहरूले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू रहेका बताएका छन् ।

कम्प्युटर चिपहरूले धेरै ताप उत्पादन गर्ने र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुने विज्ञको भनाइ छ । यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना भए पनि यस्ता संरचना अहिलेसम्म निर्माण भएका छैनन् । अन्तरिक्षमा उपग्रह बिग्रने सम्भावना उच्च रहेको र यसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सने विज्ञको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत