हिंसात्मक आक्रमण स्वीकार्य छैन : महासचिव गुटेरेस

काठमाडौँ, २४ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् ।

उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितहरूको परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

महासचिवले नागरिक र उपासना स्थलहरूलाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, घाइते भएका व्यक्तिहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना समेत महासचिवले व्यक्त गरे । विज्ञप्तिमा विश्वसंघले आतंकवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एकजुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको