डोजर लगाउनेबाट सुकुम्बासी समस्या समाधान हुन्नः नेता दाहाल


दमक, २१ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले काठमाण्डौमा डोजर चलाएर खेदाउने बालेन शाहाबाट सुकुम्वासी समस्या समाधान नहुने बताउनुभएको छ ।

झापाको दमकमा अखिल नेपाल महिलासंघ दमक नगर समितिले आयोजना गरेको नगर स्तरिय छलफल कार्यक्रमलाई सम्बोधन गदै उक्त धारणा राख्नु भएको हो । झापाको ५ अन्र्तगतको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तिमा पुगेर समस्या चाँडै समाधान गर्ने भनि दिएको अभिब्यक्तीलाई प्रस्ट पार्ने क्रममा दाहालले यस्तो धारणा राख्नु भएको हो । नेकपा एमालेको नेतृत्वमा सरकार भएको अवस्थामा देशैभरी सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या गर्न सुकुम्वासी आयोग नै बनाएर धेरैलाई धनिपुर्जा बितरण गरेको जानकारी दिनुभयो ।

निर्वाचनको सम्मुखमा एक जना उम्मेद्वारले निर्वाचन आचारसंहिता बिपरित जनतालाई झुट्टा आश्वासन दिनु गलत हो उहाँले भन्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झापामा सञ्चालित ठुला ठुला योजनाको बजेट काटौति गरेको अहिलेको सरकार जनतालाई मुर्ख बनाउने काम गरिरहेको छ ।

झापामा सञ्चालन भइरहेका नेपालको गौरवका योजना मध्ये चिन नेपाल मैत्री औद्योगिक पार्क, दमक ब्यवसायिक भवन सञ्चालन र यही आसपास क्षेत्रको १०० बिगाहामा गरिने टाउन प्लानिङको बजेट समेत काटौति गरिएको छ । दमकमा नै निर्माण सम्पन्न भएको दमक सभाहल, दमक रबि चिसापानी सडक निर्माण, मदनभण्डारी रंगशाला निर्माण लगायतका योजनाको सम्पुर्ण बजेट अहिलेको सकारले काटौति गरेको छ । फेरी झापाली जनलाई नै झुक्याएर पुन गलत आश्वासन बाँडिरहेको समेत दावी ।

उहाँले अहिले यस्तै हाम्रो हातहातमा भएको मोवाइलमा एआईको प्रयोग गरि खासगरि महिलाहरुलाई आफ्ना कलिला बालवालिका प्रयोग गरेर गलत धारण निर्माण गरिदै छ । यस साईवार वारबाट बच्न सबै आमा दिदी बहिनीहरुलाई अनुरोध समेत गर्नुभएको छ । निर्वाचनमा कुन पार्टी हार्ने जित्ने कुरा मात्र रहेन अव साईवर आक्रमण गरि राष्ट्र राष्ट्रियता नै नबच्ने खतरा रहेकाले बिगतका निर्वाचन जस्तो सहज नभएको दावी गर्नुभयो ।

खासगरि यो सरकारलाई अहिलेको संबिधान चिन्दैन । कानुनले नचिन्ने यो सरकारसँग न सांसद छ न प्रतिनिधि सभा नै त्यसैले यो समान्य अवस्थाबाट मुलुक चलेको छैन । निर्वाचनमा जनताले धेरै बुद्धीमता पूर्वक मतदान गर्ने अवस्था आएको छ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य गीता अधिकारीले देश कुनै योजना कानुन बिना जर्वजस्ति रुपमा चलिरहेको बताउनुभयो । नीति निर्माण हेर्दा समेत झापाका धेरै योजनाको बजेट कटौती गरिएको छ । सबै दिदी बहिनीले आफ्ना बालवालिकालाई अहिलेको साईवर वारबाट जोगाउन समेत आग्रह गर्नु भयो।

दमकमा आयोजना भएको उत्त कार्यक्रममा अनेमसंघकी झापा जिल्ला अध्यक्ष लिला ढुङ्गेल दाहालले झापा ५ का उम्मेद्धार बालेन शाहलाई तपाईलाई काठमाण्डौ माहानगरपालिकाले ५ बर्षको कार्यकाल पुरा नगरि किन झापा आउनुभयो ? माहानगरमा हजारौ सुकुम्बासी किन उठाउनुभयो ? सडकमा ब्यपार गरेर बस्ने सयौँ गरिवको किन उठिवास लगाउनु भयो ? अव झापालि जनता यस्तै सयौँ प्रश्नको जवाफ मागिरहेको बताउनुभयो । झापाली जनताका प्रश्नबाट तपाई किन भाग्नुभएको हो ? अव बालेन शाहले झापाली जनताले प्रश्न गरिरहने बताउनुभयो ।

कार्यक्रम अनेमसंघ दमक नगरकी अध्यक्ष मुना सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रम अनेमसंघकी ५ नम्बर वडाकी वडा समिति अध्यक्ष गम्भिरा दाहालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका

संखुवासभा, २२ माघ । मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको

म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन्

काठमाडौँ, २२ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको