सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको छ : सचिव बस्नेत

काठमाडौँ, २१ माघ । नेकपा (एमाले)का सचिव तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको बताउनुभएकाे छ । 

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘उम्मेदवारहरूसँग पत्रकार सम्मेलन’मा बोल्दै उहाँले सरकार अन्तर्राष्ट्रिय शक्तिको समेत संलग्नतामा एमाले लगायत लोकतन्त्रवादी शक्तिहरूमाथि प्रहार गरिरहेको दाबी गर्नुभयो । “सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाउनुभयो । निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

नेता बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मत माग्नका लागि उहाँकी श्रीमतीसँग सिभिल ड्रेसका प्रहरी खटाइएको बताउनुभयाे । उहाँले सरकार ‘संरचनात्मक हाइज्याक’को अभियानमा लागेको भन्दै गलत प्रवृत्तिको विरुद्ध बोल्न नसक्ने अवस्था समाजमा सिर्जना गरिएको बताउनुभयो । “नेपालमा नयाँ जेनलेन्स्की उत्पादन गर्ने प्रयत्न भइरहेको छ,” उहाँले टिप्पणी गर्नुभयो ।

बस्नेतले अहिलेको प्रमुख मुद्दा देश र सार्वभौमसत्ता जोगाउनु भएको उल्लेख गर्दै नयाँ पुस्ताले देश ध्वस्त बनाउने होइन, देश बचाउने अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले एमालेले कुनै दलसँग गठबन्धनको कुरा अघि नबढाएको स्पष्ट पार्दै पार्टी अध्यक्षको अन्य दलका नेताहरूसँगको भेटघाट गठबन्धनका लागि नभई वर्तमान समस्याबारे साझा धारणा बनाउन गरिएको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको दाबी गर्नुभयो ।

उपत्यकाका १५ सिटमध्ये कम्तिमा १० सिट एमालेले जित्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका

संखुवासभा, २२ माघ । मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको

म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन्

काठमाडौँ, २२ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको