क्यान्सर चुनौतीका रूपमा देखा परेको छ : संयोजक प्रचण्ड

काठमाडौँ, २१ माघ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका छन् । 

विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् ।

प्रचण्डले भनेका छन्, ‘क्यान्सर केवल एउटा रोग मात्र होइन । यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो । यो निरन्तर सङ्घर्ष हो । त्यसैले क्यान्सरसँग लडिरहेका हरेक बिरामीको कथा फरक हुन्छ, उनीहरूको आँसु फरक हुन्छ, आशा फरक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका

संखुवासभा, २२ माघ । मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको

म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन्

काठमाडौँ, २२ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको