साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, २० माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । 

आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलङ्का छन् । यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा साविक विजेता भारत, बङ्गलादेश र पाकिस्तान छन् ।

नेपालले आफ्नो उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । यसैगरी नेपालले दोस्रो खेल मार्च २५ तारिखमा श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा माल्दिभ्ससँग हुनेछ ।

सिङ्गल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । उक्त च्यापियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो चरणमा ८० खेलाडी छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि