नेप्से परिसूचक १२.५८ अंकले घट्यो

काठमाडौँ, २० माघ । आज सेयर बजार दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन बजार १२.५८ अंकले घटेर नेप्से परिसूचक २६८३.१५ विन्दुमा बन्द भएको छ । 

अघिल्लो दिन १.५३ अंकले बढेर २६९५.७३ विन्दु कायम भएको थियो । आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएकामा आज आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेमा आज ३२२ कम्पनीको सेयर किनबेच भयो, जसमा ६६ कम्पनीको बढ्यो भने १९० वटाको घट्यो । तीन कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।

कालिञ्चोक दर्शन लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसपछि एचएलआई लार्ज क्याप, मेगा म्युचुअल फन्ड–१, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य क्रमशः ९.९५, ५.७९ र ५.१५ प्रतिशतले बढ्यो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ