बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई १० वर्षको जेल सजाय

एजेन्सी, २० माघ । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित यी मुद्दाहरूमा ढाकाको विशेष अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार उक्त फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा हसिनालाई पाँच–पाँच वर्षको जेल सजाय तोकेको छ ।

यो मामिला राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा सञ्चालित ‘राजुक न्यू टाउन’ परियोजनासँग सम्बन्धित छ, जहाँ दुईवटा १०–काठाका प्लट गलत तरिकाले वितरण गरिएको आरोप लागेको थियो ।

अभियोजन पक्षका अनुसार आरोपीहरूले आफ्नो पदको दुरुपयोग गर्दै नियमविपरीत जग्गा बाँडफाँट प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरणअन्तर्गत सञ्चालित छ ।

यस मुद्दामा शेख हसिनाका साथै उहाँका परिवारका अन्य सदस्यहरूलाई पनि दोषी ठहर गरिएको छ । अदालतले तुलिप सिद्दिकीलाई कुल चार वर्ष, रदवान मुजिब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात–सात वर्षको जेल सजाय सुनाएको छ ।

त्यसैगरी, अदालतमा आत्मसमर्पण गरेका राजुकका सदस्य मोहम्मद खुर्सिद आलमलाई दुई वर्षको जेल सजाय दिइएको छ । 

पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा बसोबास गर्दै आएकी छिन् । गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको विरोध प्रदर्शन र राजनीतिक विद्रोहपछि उनले देश छोडेर भारतमा शरण लिएकी थिइन् । यसअघि नै बंगलादेशी अदालतले उनलाई ‘फरार’ घोषित गरिसकेको छ । द हिन्दूबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्