इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध हुने खामेनेईको चेतावनी

एजेन्सी, १९ माघ । इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्ध हुने चेतावनी दिएका छन् ।

अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति विस्तार गरिरहेका सन्दर्भमा तेहरानमा आयोजित कार्यक्रममा बोल्दै खामेनेईले यस्तो चेतावनी दिएका हुन् । ‘यदि यस पटक उनीहरूले युद्ध सुरु गरे भने त्यसले क्षेत्रीय युद्धको रूप लिनेछ,’उनले भने ।

खामेनेईले अमेरिका इरानका विशाल तेल तथा प्राकृतिक ग्यास स्रोतहरू कब्जा गर्न चाहिरहेको आरोप पनि लगाए । त्यसैगरी, उनले हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘कू’ को संज्ञा दिँदै ती गतिविधि योजनाबद्ध रहेको दाबी गरे ।

‘हालैको अशान्ति कू जस्तै थियो, तर त्यो दबाइयो,’ उनले भने। उनका अनुसार प्रदर्शनकारीहरूको उद्देश्य देश सञ्चालनसँग जोडिएका संवेदनशील र प्रभावकारी केन्द्रहरू ध्वस्त पार्नु थियो, जसका क्रममा प्रहरी, सरकारी कार्यालय, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका संरचना, बैंक तथा मस्जिदहरूमा आक्रमण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत