निर्देशक रोहित शेट्टीको घरबाहिर गोली प्रहार

मुम्बई, १९ माघ । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ ।

नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन् । 

प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ । घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको आशङ्कामा चार जनालाई हिरासतमा लिएको छ ।

यस आक्रमणको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘शुभम लोन्कर आरजु बिश्नोई’ नामक एकाउन्टबाट एउटा पोस्ट सार्वजनिक गर्दै ग्याङले यो घटनाको जिम्मा लिएको हो । 

पोस्टमा यसलाई ‘सानो ट्रेलर’ मात्र भन्दै चेतावनी दिइएको छ । ‘अर्को पटक घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा गोली हान्नेछौँ,’ पोस्टमा लेखिएको छ । यसअघि पटक-पटक सन्देश पठाउँदा पनि आफ्नो काममा दखल दिएकाले शेट्टीलाई निशाना बनाएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको