यूएईले राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीलाई दियो माफी

काठमाडौँ, १८ माघ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गदै सो विषयमा जानकारी दिएको हो । “यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताले २६७ नेपालीको कैद सजाय माफ गर्ने यूएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । यसले नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको सुनुवाइ गर्दै यूएईले नेपालीलाई माफी दिने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । “अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली नागरिकहरू यूएईको प्रचलित कानुनद्वारा तोकिएबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको