रुसद्वारा जेलेन्स्कीलाई मस्को भ्रमणको निम्तो

काठमाडौँ, १६ माघ । युक्रेन र रुसबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि रुसले एक आश्चर्यजनक कदम चालेको छ । 

क्रेमलिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका लागि आधिकारिक रूपमा मस्को भ्रमणको निमन्त्रणा दिएको छ । क्रेमलिनले दुवै देशले युद्धमा मारिएका सैनिकहरूको शव आदानप्रदान गर्ने अर्को चरण पनि सफलतापूर्वक पूरा गरेको बताएको छ । यद्यपि, ऊर्जा संरचनाहरूमा भइरहेका हमलाहरू रोक्ने विषयमा कुनै गोप्य सहमति भएको भन्ने हल्लामाथि रुसले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गत साता अबुधाबीमा अमेरिकाको सक्रिय मध्यस्थतामा भएको छलफलले शान्ति प्रयासलाई नयाँ गति दिएको छ । 
यद्यपि, दुवै पक्षबीच अझै पनि गम्भीर मतभेदहरू कायम छन् । लडाइँ जारी छ । हालैका मिसाइल आक्रमणहरूका कारण युक्रेनले विद्युत् संकटको सामना गरिरहेको छ । एक अमेरिकी अधिकारीका अनुसार जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना बलियो बनेको छ । 

यसै सिलसिलामा आगामी आइतबार अबुधाबीमा दुवै पक्षका वार्ताकारहरूको अर्को बैठक बस्ने तय भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति प्रक्रियामा सकारात्मक प्रगति भइरहेको दाबी गरेका छन् । उनले बिहीबार आफूले पुटिनलाई युक्रेनको राजधानी किभमा एक हप्ताका लागि आक्रमण नगर्न आग्रह गरेको दाबी गरेका छन् । 

युक्रेनमा अहिले अत्यधिक जाडो र हिमपात भइरहेको र रुसी हमलाका कारण बिजुली तथा हिटर सेवा ठप्प हुँदा नागरिक मारमा परेकाले मानवीय आधारमा यो आग्रह गरिएको ट्रम्पको भनाइ छ । ट्रम्पले पुटिन यसका लागि तयार भएको दाबी गरे पनि रुसले भने यसबारे आधिकारिक पुष्टि गरिसकेको छैन । बिजनेस स्टान्डर्डबाट । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको