‘धुरन्धर’ हजार करोड कमाउने पहिलो बलिउड फिल्म

काठमाडौँ, १५ माघ । आदित्य धरको फिल्म ‘धुरन्धर’ ले रिलिज भएको दुई महिना पुग्न लाग्दा पनि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।

अहिले आठौँ हप्तामा आइपुग्दा यो फिल्म भारतीय बजारमा मात्रै १००० करोड भारु कमाउने चौंथो फिल्म बनेको छ । यसअघि हजार करोड क्लबमा पुग्ने बाँकी तीनवटै फिल्महरू साउथ इन्डियन (दक्षिण भारतीय) थिए ।

यसरी हेर्दा १००० करोडको आँकडा पार गर्ने ‘धुरन्धर’ नै पहिलो र एकमात्र बलिउड फिल्म बनेको छ । हप्तौँ बितिसक्दा पनि फिल्मको दैनिक कमाइ घटेको छैन, बरु नयाँ-नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ ।

प्रदर्शनको आठौँ हप्तामा आइपुग्दा पनि यो फिल्मले भारतीय बजारमा राम्रो कमाइ गरिरहेको छ । शनिबार र आइतबार मात्रै यसले २.९ करोड भारु कमायो । गणतन्त्र दिवसको बिदामा फिल्मले थप १.२५ करोड भारु कमायो ।

अहिले यो फिल्मको कुल कमाइ भारतमा मात्रै १००२ करोड भारु पुगेको छ । यसको नेट कलेक्सन भने ८३५ करोड भारु छ । यसअघि कुनै पनि हिन्दी फिल्मले भारतमा गरेको सबैभन्दा धेरै कमाइको रेकर्ड शाहरुख खानको ‘जवान’ को नाममा थियो (७६० करोड ग्रस) तर ’धुरन्धर’ ले त्यो रेकर्डलाई निकै पछाडि छाडिदिएको छ । भारतमै १००० करोडको ग्रस कलेक्सन गर्ने यो नै पहिलो बलिउड फिल्म बनेको छ ।

 ‘धुरन्धर’ को जादु भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै चलेको छ । मध्यपूर्वका देशमा प्रतिबन्ध लगाइएको भए तापनि अन्तर्राष्ट्रिय बजारबाट यो फिल्मले ३ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी कमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्