‘१६ कारण जसले महेश बस्नेतलाई चार वर्ष कुरेर बस्यो’

चिसो चिसो मौसममा देशमा निर्वाचनको तापक्रम बढिरहेको छ । जहाँ सम्पूर्ण नागरिकको ध्यान केन्द्रीय गरेको जिल्ला हो झापा क्षेत्र नं. ५ र भक्तपुर क्षेत्र नं. २ । कुरा गरौं, भक्तपुर क्षेत्र नं. २ को । हिजो काठमाडौँ उपत्यकाभित्रकै दुर्गम जिल्लाको रुपमा पहिचान बनाएको थियो भक्तपुरले । तर त्यसलाई जनताको जनमतबाट भक्तपुरको नेतृत्व गर्दै नेकपा (एमाले)का सचिव महेश बस्नेतले २०७४ सालमा निर्वाचित भए र भक्तपुरका जनता र सिंहदरवारको पुल बने । जसले गर्दा अहिले भक्तपुर सानका साथ देशैभरबाट खोजिने जिल्लाको रुपमा पहिचान बनाएको छ, केन्द्रविन्दु बनेको छ ।

२०७९ सालको निर्वाचनमा महागठबन्धनका कारण महेश बस्नेतले पराजय भोग्नु पर्यो । जसले गर्दा भक्तपुर विकास र समृद्धिको यात्रामा पुनः अध्यारो यात्रा वा बक्तिमुनीको अध्यारो भन्ने उखान जस्तै बन्न पुग्यो । २०७४ देखी २०७९ सम्म चारैतर्फ फर्कदाँ जताततै विकास भएको देख्न पाइन्थ्यो तर २०७९ देखी हालसम्म विकासको नाममा एउटा डोजर, गाडी, बेल्चा चलेको देख्न पाइएन । करिव ४ वर्ष भक्तपुरवासीले विगतको विकास सम्झदै बस्नुपर्यो, पछुताउनुपर्यो । तर अब पुनः निर्वाचनको गर्मी बढ्दै छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने चरणमा रहेको छ । जसमा विभिन्न दलहरुबाट यहाँका स्थानीय तथा बाहिरबाट आएर पाहुनाका रुपमा उम्मेद्वारहरु बनेका छन् ।

आमभक्तपुरबासीले मतदान गर्नुपूर्व छातिमा हात राखेर सम्झनै पर्ने महेश बस्नेतका १६ कारणहरु,

१. देश नै आतङ्कवादको चपेटामा पर्दा तथा लोकतान्त्रिक निर्वाचित सरकार असंवैधानिक तरिकाले ढाल्दा कोहि पनि नेता कार्यकर्ता तथा राजनीतिक दलहरु बाहिर निस्किन नसक्ने अवस्थामा देशलाई अराजकताको दलदलबाट मुक्त गराएको,

२. बत्तिमुनिको अध्यारोको रुपमा रहेको भक्तपुरलाई विकासको उज्यालो प्रदान गरेको,

३. आफ्नो क्षेत्रमा रहेका देवदेवालय कला संस्कृति परम्परालाई जिवन्तता तथा निरन्तरता प्रदान गरेको,

४. आफ्नो क्षेत्रको जनताको वास्तविक समस्या पहिल्याइ ति समस्याहरुको उचित समाधान गरेको,

५. एम्बुलेन्स तथा दमकलसमेत नछिर्ने सडकलाई बिस्तार गरि विकासको प्रमुख आधारभुत पुर्वाधार सडकमा लगभग सबैको पहुँच पुर्याएको,

६. गुणस्तरीय शिक्षा स्वास्थ्यको आधारभुत आवश्यकतालाई हरेक जनताको पहुँचमा पुर्याउन सफल र सक्षम भएको,

७. आफ्नो क्षेत्रको आर्थिक समुन्नतिको मिहिन पाटोलाई केलाउँदै दिर्घकालिन तथा स्थायी अर्थोपार्जनको निति अङ्गालेको,

८. राजधानीसँग नजिक रहेर पनि सधैं पछि परेको भक्तपुरलाई विकासमा अगाडि बढाउँदै केन्द्रमा समेत हस्तक्षेपकारि भुमिकाको रुपमा उभ्याउन सकिएको,

९. एकपटक चुनाव जितेपछि आफ्नो क्षेत्रको प्रतिनिधि देख्न अर्को चुनाव कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै हरेक क्षेण आफ्नो क्षेत्रको जनतासँगै रहेको,

१०. कुनै विदेशीको रणनीतिक स्वार्थमा नलागि येहाको सनातन धर्म (हिन्दु बौद्व बोन र किराँत)को उचित सम्रक्षण गरेको,

११. हाम्रालाई भन्दा राम्रालाई उचित प्राथमिकतामा राखि स्थापित गरेको,

१२. गत निर्वाचनमा पराजित रहेर पनि जनतासँगै रहदै विकास निर्माणलाइ आफैले पहल गरी छाँया जनप्रतिनिधिको रुपमा काम गरेको,

१३. काल्पनिक र फोस्रा आस्वासने बिकास भन्दा येथार्थता तथा दिर्घकालिन महत्वका क्षेत्रमा बढि केन्द्रीत रहि विकास गरेको,

१४. शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि जस्ता जनतासग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा तदारुकताका साथ कार्य गरेको,

१५. २०७२ सालको बिनासकारी भुकम्प होस् वा कोरोनाको समयमा हर जनताको घरदैलोमा राहत पुर्याउने कार्यमा सदैभ अग्रसर रहेको,

१६. हरेक विकासको कार्यहरु जनताको प्रत्यक्ष सहभागितामा गर्ने गरेको ।

अन्त्यमा,

लेख्दै जाउँ भने यस्ता बुँदा धेरै छन् । सवै बुँदाको ब्याख्या गरौ भने एउटा ठुलो पुस्तकको ठेलि नबन्ला भन्न सकिदैन तर ति यावत कारणहरुले हाम्रा नेकपा ९एमाले०का उमेद्ववार तथा पार्टी सचिव महेश बस्नेतलाई जनताले वर्तमान अवस्थामा मात्र हैन, भावी पुस्ताले पनि सम्झने छ, पढ्न पाइनेछ । हामीलाई पछिल्लो समय यथार्थताको विकास मन पर्दैन उडन्ते हावादारि र फुस्रे गफ आश्वासनको विकास मनपर्छ किनकि २०४८ सालदेखिको गफे विकासमा चित्त बुझाइरहेका हामी आम भक्तपुरवासीलाई विकासको महत्व र साच्चिकै विकास के हो भन्ने बुझाइदिने यिनै हस्ती हुन नेपाललाई स्विटजरल्यान्ड र सिङ्गापुर होइन, नेपाललाई नेपाल नै बनाउने अभियानको महान अभियानकर्ता हुन । किनकि चर्च नै चर्चले भरिएको स्विजरल्यान्ड होइन, आफ्नै सनातन धर्म, कला, सस्कार, सस्कृति परम्परा रितिरिवाजको धनि रहेका हामी नेपाली मन्दिरै मन्दिर र गुम्बा नै गुम्बाले भरिपूर्ण रहेको क्षेत्रका हामी सबै पाएर पनि केहि नपाएको जसरि भौतारिरहेका छौं । हामी निरिह जनतालाई आशाको दियो बाल्दिने यि महान हस्ती भक्तपुरवासीको लागि मात्र हैन, देशकै लागि जित्नुपर्छ ।

एक युगमा एकपटक जन्मिने युगान्तकारी नेतालाई २०७९ को निर्वाचनमा हराएकाले हामी जनताले हार्नुपर्यो, भविष्यलाई यात्रालाई ब्रेक लगाउनुपर्यो । हुन त हामीलाइ हार्ने र हराउने बानिमा अभ्यस्त भैसकेको छौ । कहिल्यै कसैको सामु घुडा नटेकेका हामी नेपाली विदेशीको सामु लम्पसार पर्न जानिसकेका छौ । त्यसैले इतिहासको निर्मम समिक्षा गरेर पुनराबृति गर्ने कि अघिल्लो चुनावमा गलत गरेका थियौ । गलत नेता चुनेका थियौ । त्यसैले अहिले धेरै विकासको गती अवरुद्ध हुन पुगेको हाम्रै आँखाले देखेका पनि छौ । त्यसैले पुनः आफ्नो आशामाथि तुषारापात हुन नदिन महेश बस्नेतलाई जिताएर पठाउने यो सबैको अभिभारा तपाइ हाम्रो हातमा छ । त्यसैले बिचार गरौ, हाम्रो माटोको उमेद्ववार खोजौ । आगन्तुक होइन, माटोको सुगन्ध बुझेको नेता चाहिन्छ । आयातीत होइन, एकदिन गल्ती गरेर बाकी पाँच वर्ष पछुताउने दुष्साहस कसैले पनि नगरौं । जय देश ।

सन्दिप घृतकौशिक
भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी