काठमाडौँ, १४ माघ । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् ।
नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’
चर्चित गायकको यो घोषणापछि सिंगो बलिउड र प्रशंसक स्तब्ध भएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।






