चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

काठमाडौँ, १३ माघ । चीनको युनान यूथ महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले आज २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेल माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइएका ३० जनाबाट ७ जना बाहिरिँदा २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना मा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेलको आयोजना हुन लागेको हो।

नेपाल यू–२० महिला टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मीना देउबा, पुनम चेम्जोङ, पूर्णिमा राई, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई, सुजाता तामाङ र सुक्रिया मिया छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि