फिल्म ‘कल्ली’को प्रदर्शन स्थगित

काठमाडौँ, १३ माघ । फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित भएको छ । फिल्म १ फागुनदेखि देशव्यापी प्रदर्शन तयारीमा थियो । चुनावका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको हो ।

फिल्म निर्माण संस्था लेकाली इन्टरटेनमेन्ट प्रालिका तर्फबाट किरण नेपालीले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचनको कारण फिल्मको प्रदर्शन स्थगित गरेको बताए । उनले सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गर्ने जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले आगामी फागुन १ गतेलाई ‘कल्ली’को सार्वजनिक प्रदर्शन मिति तय गरेका थियौँ । तर, वर्तमान परिस्थितिमा हाम्रो प्यारो देश निर्वाचनमा होमिएको छ । राष्ट्रको भविष्य के हुने हो भन्ने महत्त्वपूर्ण र जटिल घडीमा सम्पूर्ण नागरिकको ध्यान र राज्यको प्राथमिकता देशको राजनीति र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक र आवश्यक पनि हो। हामी विश्वास गर्छौँ- पहिले देश, अनि मात्र कला र मनोरञ्जन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्