चाइना युनान यूथ वुमन्स टिमविरुद्ध खेल्ने यू–२० टोली घोषणा

काठमाडौँ, ११ माघ । चाइना युनान यूथ वुमन्स टिमविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय यू–२० टोली घोषणा गरिएको छ । 

आज नवनियुक्त मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मैत्रीपूर्ण फुटबलका निम्ति ३० सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल टिम एन्फाले आजै प्रारम्भिक टोलीको नामवाली सार्वजनिक गरेको छ । संघ र युनान विश्वकविद्यालयको द स्कूल अफ फिजिकल एजुकेसन र नेपाल ओभरसिज चाइनिज एसोसियसनको आयोजनामा मैत्रीपूर्ण फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी माघ १७ गते हुँदै छ । 

टोलीमा आयुषा रेउले, अमिता भुल, अनिशा राई, अंशु विके, अनु माझी, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, डिकी स्याङ्बो, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मनीषा सेन, मीना देउवा, पुनम चेम्जोङ, पूर्णिमा राई, समीक्षा मगर, संगीता अधिकारी, सानी माया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू पन्धाक, सिमरन राई, सीता रोकाया, सृजना स्याङ्तान, सुजाता तामाङ सुक्रिया मिया, सुनीता विके रहेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको