अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा झर्‍यो

एजेन्सी, १० माघ । सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ ।

यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक २ अर्ब घण्टा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार नोभेम्बरमा ४.३ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४.१ प्रतिशतमा झरेको हो। यो सन् २०२५ मा रेकर्ड गरिएको सबैभन्दा न्युन स्तर हो । तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको कुल संख्या ६५ हजार २ सयले बढेको छ ।

सोही अवधिमा आधिकारिक रूपमा बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूको संख्या भने २९ हजार ८ सयले घटेको छ । नोभेम्बर र डिसेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टामा ०.४ प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत