जापानकी प्रधानमन्त्रीद्वारा संसद् विघटन

एजेन्सी, ९ माघ । जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसद् विघटन गरेकी छन् ।

प्रधानमन्त्री ताकाइचीले आज संसद्को तल्लो सदन (प्रतिनिधिसभा) आउँदो फेब्रुअरी ८ मा मध्यावधि चुनावको घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ ।

गएको अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । ४ सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै आउँदो मङ्गलवारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान शुरू हुने खबरमा उल्लेख छ ।

सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ । माथिल्लो सदनमा भने गठबन्धनसँग बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपरेको अवस्था छ ।

महँगीविरुद्ध र आप्रवासीको सवालमा ताकाइचीको नीतिलाई लिएर जापानमा लोकप्रियता बढेको छ । अहिले झिनो बहुमत मात्रै भएकाले काम गर्न सहज हुने गरि बहुमत ल्याउन उहाँको आकस्मिक चुनाव घोषणा गर्नुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको